काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वाधिक रेमिटेन्स भित्र्याउने बैंक र रेमिटेन्स कम्पनीलाई सम्मान गरेको छ । बैंकको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुलाई सम्मान गरेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमध्ये सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने बैंकमध्ये ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको छ भने रेमिट्यान्स कम्पनीतर्फ सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आईएमई, सिटि एक्सप्रेस र इसेवा मनि ट्रान्सफरलाई पनि सम्मान गरेको छ ।
सोहि अवसरमा बैंकले बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल, खल्तीका सीइओ बिनय खड्का लगायतलाई पनि सम्मान गरेको छ । खल्तीले डिजिटल वालेटतर्फ उत्कृष्टताको सम्मान पाएको हो ।


