Skip to content
LAXMI SUNRISE BANK

वीरगन्जबाट हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं। हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. २३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा जिल्ला विन्दवासिनी गाउँपालिका वडा नं.३ बस्ने ४३ वर्षीय अजय कुमार शाह रहेका छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका-६ रूङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रुपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका सञ्चालक अजय कुमार समेतलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जना माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK