×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० हजार रुपैयाँ लिएर अर्कैको नाममा कक्षा १२ को परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

१० हजार रुपैयाँ लिएर अर्कैको नाममा कक्षा १२ को परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Artha Sarokar

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अरुको परिक्षा दिने एक जना पक्राउ परेका छन् । जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको आरोपमा उनी पक्राउ परेका हुन् । घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको हो । उनले अरुको परिक्षा दिएको विषयमा उनकै साथीले सुराकी दिएको बुझिएको छ ।  एक दिन परिक्षा दिएको उनले १० हजार रुपैयाँ लिएको सुराकी प्रहरीलाई उनका साथीले दिएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी