Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ तस्करसँग मिलेर सुन तस्करी गर्ने नेपाली तस्करहरु १ किलो ७०० ग्राम सुन र डेढ करोड रुपैयाँसहित पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । २०७४ सालमा केरुङ्ग नाका हुँदै काठमाडौँ सुन ल्याएर बेचेको अभियोग खेपेका  गणेश दत्त बडूसहित प्रहरीले ७ जनालाई पक्राउ छ । काठमाडौं उपत्यका अपराध महाशाखाले आज करिब १ किलो ७०० ग्राम सुन सहित ७ जनालाई पक्राउ गरेर सार्वजनिकगरेको हो ।
प्रहरीले बडूसँगै उनका छोरालाई पनि पक्राउ गरेको छ भने उनीहरुसँग आवश्यक बयानसमेत लिएको छ । पक्राउ परेकाहरुको साथबाट हुण्डी गरी ल्याइएको १ करोड ४३ लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK