काठमाडौं । कक्षा १२ को प्रश्नपत्र बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-११ फूलबारीका ३९ वर्षीय नारायण बाँस्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बाँस्तोला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले आइतबार सम्पन्न भएको सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेका थिए । उनीहरुले सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट कक्षा १२ को ८ थान उत्तरपुस्तिका र ३ थान मोबाइल बरामद गरेको छ ।
शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्