×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीको सक्रियताः बाटोमा हराएको १७ लाख खोजी गरेर फिर्ता

PRIME CA

प्रहरीको सक्रियताः बाटोमा हराएको १७ लाख खोजी गरेर फिर्ता

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । बिहीबार दिउँसो हराएको उक्त पैसा पैसा प्रहरीले फिर्ता गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) बसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो ।

पोखरा-८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने पवँर बिहीबार नयाँ बजारस्थित कृषि विकास बैंकमा रकम जम्मा गर्न जाँदै थिए । तर, उनले सोही क्रममा पैसा राखेको झोला मोटरसाइकलको ‘लेग गार्ड’ बाट कहाँ खस्यो भन्ने पत्तै पाएनन् । हराएपछि मात्रै थाहा पाए । त्यसलगत्तै उनले प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्दा उक्त झोला भारत घर भई पोखरा-३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले भेटेको पत्ता लगाएको थियो । पैसाको झोला फेला पारेका शर्माकै रोहवरमा सुनारलाई उक्त रकम बिहीबारै फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: