×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता पुष्टी हुँदैछ’- महत

PRIME CA

‘सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता पुष्टी हुँदैछ’- महत

२१ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन् ।

उनले सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्ने विषयमा ढिलाई गर्नुले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नतालाई पुष्टि गर्दै गएको बताएका छन् ।

‘उहाँ दोषी हुनुहुन्न, संलग्नता छैन भने त उहाँ स्वागत गरिहाल्नुपर्थ्यो, छिटो भन्दा छिटो समिति बनाइदेउ, मैले केही गरेको छैन, के देखाउँछ त्यो समितिले भन्नुपर्थ्यो ।’, उनले भने, ‘तर, त्यसो नगर्नुबाट के स्पष्ट छ भने, उहाँको संलग्नता छ ।’

त्यस्तै, महतले सरकार नै अफ्ठ्यारोमा पर्ने डरले प्रधानमन्त्रीले पनि छानबिन समिति गठन गर्न नचाहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: