Skip to content
LAXMI SUNRISE BANK

सहकारी ठगीको छानविनका हुनुपर्ने मागसहित रविविरुद्ध युवराज सफलले हालेको रिट दर्ता गर्न अदालतको अस्वीकार !

अर्थ सरोकार

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा छानविन हुनुपर्ने आदेशको माग राखी युवराज सफलले हालेको रिट दरपिठ भएको छ । सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले निवेदन दर्ता गर्न योग्य नभएको भन्दै अदालतले दर्ता गर्न अस्वीकार गर्न आदेश दिएका हुन् ।
रिट निवेदकले राज्यका निकायमा कानूनी उपचारको बाटो बन्द नभएको भन्दै सर्वोच्च अदालत प्रशासनले यस्तो निर्णय गरेको हो ।
‘निवेदकको के कुन हक अधिकार कसरी हनन् हुन गएको हो, स्पष्ट खुलाउनु पर्नेमा सो उल्लेख भएको देखिएन’ आदेशमा भनिएको छ, ‘रिट निवेदकको माग साधारण अधिकार क्षेत्र प्रयोग गरी उपचार खोज्न सकिने हुँदा प्रस्तुत निवेदन दर्ता गर्न मिलेन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK