काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले संसदमा आफूहरुमाथि प्रश्न उठ्दैमा आत्तिनुनपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रविले यस्तो बताएका हुन् ।
उनले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति एवम् श्रममन्त्री डोलप्रसाद (डिपी) अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटी मुछिएको भन्नेबारे समाचार सार्वजनिक हुँदैमा र प्रश्न उठ्दैमा आत्तिन आवश्यक नभएको बताएका छन् ।
त्यस्तै, गृहमन्त्री लामिछानेले समाचारमा आउने सबै कुरा सत्य नहुने भन्दै सत्य के हो ? भन्ने विषयको खोजी गरेर समाचार प्रकाशन तथा प्रशारण गर्न पनि आग्रह गरेका छन् । ‘प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन ।’, उनले भने, ‘सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्