×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीमा रास्वपा नेताको नाम जोडिएपछि गृहमन्त्रीको प्रतिक्रिया- ‘प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन’

PRIME CA

सहकारी ठगीमा रास्वपा नेताको नाम जोडिएपछि गृहमन्त्रीको प्रतिक्रिया- ‘प्रश्न उठ्दैमा आत्तिहाल्नु पर्दैन’

अर्थ सरोकार

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले संसदमा आफूहरुमाथि प्रश्न उठ्दैमा आत्तिनुनपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रविले यस्तो बताएका हुन् ।

उनले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति एवम् श्रममन्त्री डोलप्रसाद (डिपी) अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटी मुछिएको भन्नेबारे समाचार सार्वजनिक हुँदैमा र प्रश्न उठ्दैमा आत्तिन आवश्यक नभएको बताएका छन् ।

त्यस्तै, गृहमन्त्री लामिछानेले समाचारमा आउने सबै कुरा सत्य नहुने भन्दै सत्य के हो ? भन्ने विषयको खोजी गरेर समाचार प्रकाशन तथा प्रशारण गर्न पनि आग्रह गरेका छन् । ‘प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक छ । प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन ।’, उनले भने, ‘सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: