Skip to content
LAXMI SUNRISE BANK

‘इतिहास लेख्न हिँडेको हुँ, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन’

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले आफू देशको इतिहास लेख्न हिँडेको बताएका छन् । इलाम–२ को उपनिर्वाचनको प्रचारप्रसारमा सहभागी हुँदै रविले यस्तो बताएका हुन् ।

उनले आफूले बेइमानीहरुसँग कहिल्यै पनि आफ्नो इमान्दारिताको प्रमाण नदेखाउने पनि बताएका छन् । तर, इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने उनले प्रतिबद्धता जनाएका छन् । 

‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ ।,’ उनले भने, ‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होइन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पनि पत्रिकाको हेडलाइनको चिन्ता नलिनुहोस् ।’

त्यस्तै, गृहमन्त्री लामिछानेले आफूसँग देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको पनि बताएका छन् । आफ्नै नेतृत्वमा चितवनबाट ‘निलो क्रान्ति’ गरेको भन्दै रविले इलाम–२ मा रास्वपालाई जिताउन आह्वान गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK