×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीः श्रममन्त्री डिपी अर्यालमाथि पनि छानविन गर्न माग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारी ठगीः श्रममन्त्री डिपी अर्यालमाथि पनि छानविन गर्न माग

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले श्रममन्त्री डिपी अर्यालमाथि सहकारी ठगीमा छानविन गर्न माग गरेका छन् । उनले हाम्रो नयाँ कृषि सहकारी संस्थामा भएको ठगीमा मुछिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालमाथि छानविन गर्न माग गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले सहकारी ठगीमा अर्यालमाथि छानविन गर्न संसदीय समितिको मागसमेत गरेका छन् ।

त्यस्तै, उनले उक्त सहकारीमा बचतकर्ताको करिब ४ करोड बढी रकम हिनामिनामा अर्यालमात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीकोसमेत मिलेमतो देखिएको आरोप लगाएका छन् ।

बुर्लाकोटी सञ्चालक हुँदा नै उक्त सहकारीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई)लाई श्रममन्त्री अर्यालसहितले अस्वभाविक प्रवेश गराएको आरोप लागेकोले पनि छाविन गर्न सांसद यादवले माग गरेका छन् । साथै सहकारी ठगी प्रकरणको छानविनलाई प्रभावित पार्न सरकार नै लागि परेको आरोप लगाउँदै उनले गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डिपी अर्याल लगायतमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: