×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको सीईओ नियुक्तिमा अर्थमन्त्री पुनको चासो, को बन्ला त बैंकको नयाँ सीईओ ?

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको सीईओ नियुक्तिमा अर्थमन्त्री पुनको चासो, को बन्ला त बैंकको नयाँ सीईओ ?

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा अर्थमन्त्री वर्षमान पुनले चासो देखाएका छन् । बैंकको रिक्त रहेको सीईओ पदमा पुनले आफू निकट व्यक्तिलाई नियुक्त गर्न खोजेको बुझिएको छ ।

बैंकले गत बैशाख ७ गते एक सूचना जारी गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । बैंकले जारी गरेको सूचना अनुसार व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङ्क शास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ । त्यस्तै, १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ।

चैत अन्तिममा बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि बैंकमा सीईओ पद रिक्त छ ।

राष्ट्रिय वाणिज्य बैंकले आवेदन मागेको एक साता भइसकेको छ । तर अर्थमन्त्री पुनले संस्था चलाउन सक्ने पार्टी निकट व्यक्ति खोजिरहेको बुझिएको छ । त्यसका लागि बैंकका डेपुटी सीईओ र भुपेन्द्र पाण्डे दौडमा छन् ।

बैंकका अनुसार आवेदक राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण जस्ता अभियोगमा कसुरदार नरहेका, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको  हुनुपर्नेछ ।

उक्त पदमा आवेदन दिन अझै १४ दिन बाँकी  छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: