काठमाडौं । सरकारले अर्थ सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा सवा २३ करोड भ्रष्टाचार गरेको आरोप लागेको थियो । अख्तियारले सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा सचिव थिए । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्