काठमाडौँ । सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध नै बिग्रिएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहकारी पीडितहरुले यस्तो दुखेसो पखेको हुन् ।
उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह सुरु हुन थालेको बताएका छन् ।
‘विदेशबाट आफ्ना भाइले पठाएको रकम सहकारीमा जम्मा गरेको थिएँ । अहिले भाइले पैसा मागेको छ, तर पैसा निकाल्न पाएको छैन । पैसा नपाएपछि भाइ मसँग रिसाएको छ ।’, एक सहकारी पीडितले भने, ‘गुनासो लिएर सिंहदरबार पुगेँ, प्रहरीमा गएँ, नेतालाई गुहारेँ तर कसैले पनि समस्या सुनेन ।’
त्यस्तै, उनले आफूलेसमेत दुःख गरेर भाँडा माझेर सहकारीमा रकम जम्मा गरे पनि अहिले एक रुपैयाँ फिर्ता नपाउँदा मर्न न बाँच्नु भएको बताएका छन् ।
सोही क्रममा सहकारी पीडितहरुले दुःख गरेर जम्मा गरेको रकम खाएर हिँड्ने छुट कसैलाई नरहेको भन्दै सहकारी ठग्नेलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्