×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीका समस्या समाधान हुन्छ भन्दै सरकार नाटक भईरहेको छ, जीबी राई पक्राउ नपरुञ्जेलसम्म समाधान असम्भव’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सहकारीका समस्या समाधान हुन्छ भन्दै सरकार नाटक भईरहेको छ, जीबी राई पक्राउ नपरुञ्जेलसम्म समाधान असम्भव’

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वर्णलक्ष्मी पीडित संघर्ष समितिका अध्यक्ष नन्दु तण्डुकारले सरकार सहकारीका समस्या समाधान गर्ने भन्दै नाटकीय रुपमा प्रस्तुत भएको बताएका छन् । आइतबार भएको एक कार्यक्रममा अध्यक्ष तण्डुकारले यस्तो बताएका हुन् । यस्तै उनले सरकारले फास्ट ट्रयाकबाट कानुन बनाएर सहकारी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त नभएको पनि जिकिर गरेका छन् ।

गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निर्णयमा आशंका रहेको सहकारी पीडितहरुले बताएका छन् । सहकारी बचतकर्ताको बचत हिनामिना गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई पक्राउ नपरुञ्जेलसम्म समस्याको समाधान नहुने बुझाई पनि उनीहरूको छ ।

आइतबार काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका झण्डै डेढसय पीडितहरूले राईविरुद्ध निवेदन दिदै गृहमन्त्री रवि लामिछानेबाट निष्पक्ष छानविन हुनेमा आशंका रहेको बताएका छन् ।  आइतबार स्वर्णलक्ष्मी पीडित संघर्ष समितिका अध्यक्ष नन्दु तण्डुकारले भने, ‘गृहमन्त्री रवि लामिछानेले इलाममा भएको निर्वाचनमा आफ्नो पल्लाभारी बनाउनका लागि सहकारीका समस्या समाधान गर्दर्छौं भन्नुभएको छ, हामीलाई चाँही आशंका छ, हामीलाई पूर्णविश्वास छैन, सहकारीमा समस्या आएको यति धेरै समय भइसक्दा पनि सरकारले कानमा तेल हालेर बसेको छ ।’

यस्तै उनले सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गितेन्द्रबाबु राई जीबी विरुद्ध ‘रेड नोटिस’ जारी हुँदा पनि पक्राउ  नपरेको  कुरा बताए ।  उनले भने, ‘डिफ्युजन नोटिस’ले मात्रै उनलाई विदेशबाट पक्राउ गरेर नेपाल झिकाउन समस्या देखिएपछि नेपाल प्रहरीले ’डिफ्युजन नोटिस’लाई -रेड नोटिस’मा बदल्न पत्राचार गरेको थियो, प्रहरी अधिकारीका अनुसार रेड नोटिस जारी हुँदा समेत उनलाई मलेसिया प्रहरीले चासो नदेखाउँदा उनी पक्राउ पर्नबाट जोगिएका हुन्, राईले मलेसियाका प्रहरीलाई समेत प्रभावमा पारेको आंशका गरिएको छ ।’

कास्कीबाट काठमाडौँ आएका सहकारीका सात जना पीडित बचतकर्ताले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न र बचत फिर्ताको वातावरण बनाइदिन माग गर्दै उजुरी हालेका छन्  । राईसहितलाई पक्राउ गर्न सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म जारी भइसकेको छ । तर, हालसम्म पनि सहकारी हिनामिना संलग्न १४ जना पक्राउ पर्न सकेका छैनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: