×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुप्रिम सहकारी ठगी प्रकरणः जिबी राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, १ अर्ब बढी मागदाबी

PRIME CA

सुप्रिम सहकारी ठगी प्रकरणः जिबी राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय, १ अर्ब बढी मागदाबी

अर्थ सरोकार

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रहरीले बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान सकेको छ । १ हजार ८ सय ३१ जना बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले अन्ततः अनुसन्धान सकेको हो । अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

प्रहरीको अनुसन्धानबाट उक्त सहकारीमा कुल १ अर्ब २ करोड रुपैयाँ हिनामिना भएको भेटिएको प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, प्रहरीले उक्त सहकारी ठगी प्रकरणमा गितेन्द्रबाबु राई (जिबी राई) सहित २८ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । राई पोखराको सूर्यदर्शन सहकारीसहित देशभरका विभिन्न सहकारीको अर्बौ रकम हिनामिना गरेर फरार छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले संस्थाका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवम् संस्थाका पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगरलाई यसअघि नै पक्राउ गरिसकेको छ । अन्यलाई भने फरार फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: