Skip to content
LAXMI SUNRISE BANK

पेवेलका सीइओ ठगी आरोपमा पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाको लाइसेन्स दिएको डिजिटल भुक्तानी सेवा प्रदायक पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठ बैदेशिक रोजगारीका लागि क्यानाडा पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।  क्यानडा पठाउने भन्दै ६८ लाख २० हजार ठगी गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले क्यानडा पठाउने भन्दै जानुका निरौलालगायतबाट ६८ लाख २० हजार उठाएका थिए । तर, भने अनुसार क्यानडा जान नपाएपछि पीडीतहरुले उनीविरुद्ध उजुरी गरेका थिए ।

पत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनीउपर थप अनुसन्धान गर्न उनको केस बैदेशिक रोजगार विभागमा पठाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK