काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिष्टमा परेका ५ जनाले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने भएका छन् । सर्टलिष्टमा परेका ५ जनाले चैत २९ गते (बिहीबार) बोर्डको अध्यक्ष चयन गर्न बनेको सिफरिस समितिसामु आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएका हुन् ।
समितिले सर्टलिष्टमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं र सन्तोष नारायण श्रेष्ठ रहेका छन् ।
सर्टलिष्टमा छनौट भएका पाँचैजनाको अन्तर्वार्ता तथा कार्ययोजना मूल्यांकनपछि समितिले उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले ती तीनमध्येबाट उत्कृष्ट एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्