काठमाडौं । पूँजीबजारका लगानीकर्ताले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् । सरकारले पूँजी बजार सुधारमा ध्यान नदिएको भन्दै उनीहरुले प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
यही बैशाख १६ र १७ मा आयोजना हुन लागेको लगानी सम्मलेनमा प्रदर्शन गर्ने तयारी गरिएको सेयर लगानीकर्ता उपेन्द्र पाठकले बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सेयर लगानीकर्ताले सम्मलेन स्थल घेराउ गर्ने तयारी गरेको बताएका हुन् । उनले लेखेका छन् ,’ १६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरूले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन् !!! सरकार सजग रहनु होला, पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्।’
लामो समयदेखि समस्यामा रहेको पूँजीबजार सुधारमा सरकारले चासो नदेखाएको प्रति लगानीकर्ता निराश बनेका छन् ।
‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्ने तय भइसकेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्