काठमाडौँ । सेयर बजारका लगानीकर्ताले पुन आन्दोलन गर्ने भएका छन् । नियामक निकायहरुको नीतिगत अवरोधका कारण बर्षौंदेखि पीडीत भएको भन्दै सेयर लगानीकर्ताहरु आन्दोलित हुने भएका हुन् ।
आन्दोलनको तयारीका लागि आज भृकुटीमण्डपमा भएको भेलाले आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो । सो निर्णय अनुसार शनिबार १ बजे काठमाडौंको माइतीघरमा कालो रिबन बाँधेर आन्दोलन गर्ने कार्यक्रम छ।
उनीहरुले स्वदेशी लगानीको सुरक्षा गर्न नसके सेयर बजार नै बन्द गर्न सुझाव दिएका छन् । आज भृकुटी मण्डपमा भएको सेयर लगानीकर्ताहरुको भेलाले सरकारलाई यस्तो सुझाव दिएको हो । उनीहरुले स्वदेशी लगानीको संरक्षण गर्न, लगानीमैत्री नीति लागु गर्न, लगानीकर्तामारा मौद्रिक नीति र लगानी क्याप खारेज गर्न, नियामक निकाय स्वार्थ समूहको भर्ती बन्द गर्न र संस्थागत लगानीकर्ता भित्र्याउने वातावरण तयार गर्न सरकारसमक्ष माग राखेका छन् ।
लगानीकर्ताहरुले भोलि माइतीघरबाट आन्दोलनको सुरुवात गर्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्