×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताको आन्दोलन : माइतीघरमा ताते लगानीकर्ता, सोमबारदेखि सबै ‘ब्रोकर हाउस बन्द’ गर्न आह्वान

PRIME CA

सेयर लगानीकर्ताको आन्दोलन : माइतीघरमा ताते लगानीकर्ता, सोमबारदेखि सबै ‘ब्रोकर हाउस बन्द’ गर्न आह्वान

१५ बैशाख २०८१, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर लगानीकर्ताहरूले सोमबारदेखि सबै ब्रोकर हाउस बन्द गर्न आह्वान गरेका छन् । आज काठमाडौँमा आयोजित प्रदर्शनपछि बोल्दै लगानीकर्ताहरूले आन्दोलनको दोश्रो चरण घोषणा गर्दै ब्रोकर हाउस बन्द गर्न आह्वान गरेका हुन् । 

आन्दोलनका संयोजक उपेन्द्र पाठकले सोमबारदेखि सबै ब्रोकर हाउस बन्द हुने घोषणा गरेका हुन् । यसका लागि ब्रोकर एसोसिएसनसँग समन्वय गर्ने उनको भनाई छ । ‘अहिले सेयर कारोबार गर्नु भनेको ११ बजे देखि ३ बजेसम्म थप गरिब हुनुमात्र हो । त्यसैले सरकारले सुनोस् भनेर हामीले सबै सेयर कारोबार बन्द गर्न आह्वान गरेका छौँ ।’ सभामा बोल्दै उनले भने । 

प्रदर्शनपछिको सभामा बोल्दै सेयर लगानीकर्ता तिलक कोइरालाले पनि सोमबारदेखि सबै ब्रोकर हाउस बन्द गर्ने घोषणा गरेका हुन् । ‘सोमबारदेखि सबै ब्रोकर हाउस बन्द हुन्छ ।’ सभामा बोल्दै उनले भने, ‘कम्तीमा पनि १ साता यो कार्यक्रममा साथ दिन सबै ब्रोकरहरूलाई अनुरोध गर्दछौँ ।’

आज सेयर लगानीकर्ताहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले सरकारलाई लगानीमैत्री नीति बनाउन मागसमेत गरेका छन् । 

लगानीकर्ताहरूले इन्भेष्टमेन्ट समिट आयोजना हुने स्थान सोल्टी होटल अगाडि पनि आइतबार धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: