×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुनमा मात्रै ५३ करोड सेयर धितो कर्जा प्रवाह, ऋण लिएर लगानीकर्ता बजार प्रवेश गर्न लागेका हुन् ?

PRIME CA

फागुनमा मात्रै ५३ करोड सेयर धितो कर्जा प्रवाह, ऋण लिएर लगानीकर्ता बजार प्रवेश गर्न लागेका हुन् ?

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । फागुन महिनामा मात्रै करिब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीबाट ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको हो ।

यो माघ महिनाको तुलनामा भने कम हो । माघमा बैंकहरुले ८८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । तर, तुलनात्मक रुपमा गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा सेयर धितो कर्जा प्रवाह बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसअवधिमा सबैभन्दा धेरै १ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा यस्तो कर्जा १७.४ प्रतिशतले बढेको छ । असार मसान्तसम्म ४४ अर्ब ७१ करोड रहेको १ करोडमाथिको सेयर धितो कर्जा फागुनसम्ममा ५२ अर्ब ४८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, यसअवधिमा ५० लाखदेखि १ करोडसम्मको कर्जा ३.१ प्रतिशत र २५ देखि ५० लाखसम्मको कर्जा ८.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: