काठमाडौं । नयाँ वर्षको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ । यस कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा श्रीजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी, राप्ती हाइड्रो एण्ड जेनेरल कनस्ट्रकशन, मिथिला लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ । यस कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा पोखरा फाइनान्स, ङ्गादि ग्रुप पावर, सुर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थामा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा विन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। गुराँस लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा हिमालयन ८०-२०, तेर्हथुम पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्