काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १४ कम्पनीको ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावर को भएको छ । यस कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा ८.५% माछापुच्छ्रे डेबेञ्चर २०८७ का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा मेंछियम हाइड्रोपावर, मिड-सोलु हाइड्रोपावर, श्रीजनशिल लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावर को भएको छ । यस कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिवाईसी नेपाल लघुवित्त, सानिमा माई हाइड्रोपावर, सुर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र पोखरा फाइनान्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा विन गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। गुराँस लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा दोल्ति पावर कम्पनी, खानीखोला हाइड्रोपावर, निफ्रा उर्जा ऋणपत्र ७% २०८५/८६ र माण्डू हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्