×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

४ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा १०.७५% एसबीएल डेबेञ्चर २०८९ का लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा गुर्खाज फाइनान्स, सिभिल बैंक डेबेञ्चर २०८८, ग्रिन डेभलपमेन्ट बैंक, दिब्यश्वोरी हाइड्रोपावर र एनएमबी डेबेञ्चर ८.५०% २०८७/८८ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको  सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। रुरु जलविद्युत परियोजनामा यस्तो गिरावट आउँदा पोखरा फाइनान्स, सीवाईसी नेपाल लघुवित्त, दोल्ती पावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी