काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १८ करोड १२ लाख ७४ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा पोखरा फाइनान्स, एनआइसी एशिया ग्रोथ फण्ड-२, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, पिपुल्स पावर कम्पनी र जोशी हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १८ करोड १२ लाख ७४ हजार २ सय २ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स र सर्वोत्तम सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो। रुरु जलविद्युत परियोजनामा यस्तो गिरावट आउँदा गुर्खाज फाइनान्स, सिभिल बैंक डेबेञ्चर २०८८, सीवाईसी नेपाल लघुवित्त र १०.७५% एसबिएल डेबेञ्चर २०८९ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्