काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १० कम्पनीको ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १० करोड २१ लाख ३७ हजार २ सय २७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलवा एनआइसी एशिया बैंक, रुरु जलविद्युत परियोजना, अपर हेवा खोला हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र घोराही सिमेन्टका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १० करोड २१ लाख ३७ हजार २ सय २७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सर्वोत्तम सिमेन्ट, पिपुल्स पावर, रुरु जलविद्युत, पोखरा फाइनान्स र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो। पिपुल्स पावर लिमिटेडमा यस्तो गिरावट आउँदा खानीखोला हाइड्रोपावर, सुर्यज्योती लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त वित्तीय संस्था र गुर्खाज फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्