काठमाडौँ । यदि तपाईंहरु कसैले याद गर्नु भएको छ भने कुरिनटारस्थित मनकामना केवलकारबाट ओर्लिएर मनकामनातर्फ लाग्दा बाटोमा होटलहरु अगाडि खानाको विज्ञापन गर्नेहरु प्रशस्त भेटिन्छन् । निकै रमाइलो शैलीमा उनिहरुले आकर्षक विज्ञापन गरेको पाइन्छ । केही वर्ष अगाडिको आफ्नै भोगाइ सेयर गरेँ !“ल है नारन दाइको चुल्होमा दाउरामा पकाएको निक्खर बासमती चामलको भात, आफ्नै बारीको जोगी तरकारी, जिम्मु झानेको लोकल दालमा तात्तातो घ्यू झ्वाइँय्य-झ्याइँय्य पारेर लोकल कुखुराको मासुसँग सप्र्याक-सप्र्याक्क पारेर खानुस्, मौका आउँछ पर्खँदैन नारन दाइले चैं पर्खी रहन्छ। ल है हजुर बाटो नबिराउँ ! आजको खाना चैं नारन दाइकोमा है हजुर ?”
भन्दै नारन दाइले ग्राहक भित्र पठाएर थाल अगाडि सारेर बाहिर आएर पुन उही वाक्य दोहोर्याउन सुरु गर्छन् ” ल है नारन दाइको चुल्होमा दाउरामा पकाएको…………..!”
जसरी हुन्छ नारन दाइको उद्देश्य बढी भन्दा बढी ग्राहक भित्र्याउनु मात्र हुन्छ। एकपटक ग्राहकको हातमा थाल परेपछि कसैले पनि वास्ता गर्दैन ! उनले बाहिर भट्याए जस्तो भित्र केही पनि अनुभुति हुँदैन । सायद एकपटक त्यहाँ पसेर खाएको ग्राहकले बिर्सिएर पनि पुन नारन दाइ कहाँ जाँदैन ।
नारन दाइसँग मिल्दो जुल्दो बैंकिङ सन्दर्भ जोड्न चाहेँ । एउटा बैंक छ जसले नारन दाइको सिको गर्दै समय समयमा बिभिन्न नामको बचत खाताको योजना ल्याएको अनुभुति गराउँछ, जस्तै सुलभ बचत खाता , नारी शक्ति बचत खाता, स्वावलम्बी नारी बचत खाता, सेयर सुविधा बचत खाता, प्रिमियम समुन्नति बचत खाता, न्यु प्रिमियम समुन्नति बचत खाता आदि इत्यादि बचत खाता हुँदै अहिले एकै पटक २२ चमत्कारिक बचत खाता ल्याएछ जुन बैंकको नाम हो अहिलेको चल्तीको बैंक एनआईसी एसिया !
सबै जोड्दा बैंकको जम्मा ४९ प्रकारको त बचत खाता नै रहेछ, तर बचत खाताको ब्याज दर भने दुई खाले ४.७५% र ६.५०% मात्र रहेको छ । एउटा दुःख लाग्दो कुरा चाहिँ नयाँ नयाँ खाता ल्याउँदै जाने तर एक पटक खाता खोली सकेका सेवाग्राहीलाई भने वास्तै नगरेको देख्दा बैंकले नारन दाइको शैलीमा ग्राहक संख्या मात्र बढाउने रणनीति लिएको प्रष्ट देखिन्छ । पुराना खातालाई लक्षित गरेर समय समयमा नयाँ नयाँ स्किम ल्याउने गरे पनि त हुन्थ्यो।
यस्ता बचत खाताहरु हाल नबिल बैंकको २० र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १६ वटा , रहेका छन् । बैंकहरुले नयाँ नयाँ नाम न्वारन गर्दै आकर्षक विज्ञापन गरेर ल्याइने बचत खाताको उद्देश्य ग्राहक संख्या बढाउनु मात्र हो त ? जसको औचित्य प्रष्ट हुनु जरुरी छ ।
(नोट: आज भन्दा ठीक ५ वर्ष अघि आजकै दिन गरिएको पोष्ट आज पनि समय सान्दर्भिक लागेर नयाँ मित्रहरुको लागि पुन: सेयर गरेँ ।)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्