×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एप्पललाई पछि पार्दै सामसुङ बन्यो ‘नम्बर १’ स्मार्टफोन कम्पनी !

PRIME CA

एप्पललाई पछि पार्दै सामसुङ बन्यो ‘नम्बर १’ स्मार्टफोन कम्पनी !

अर्थ सरोकार

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्व चर्चित स्मार्टफोन कम्पनी एप्पललाई पछि पार्दै सामसुङ नम्बर १ स्मार्टफोन कम्पनी बनेको छ । सन् २०२४ को पहिलो त्रैमासको रिपोर्टअनुसार एप्पलको सेल्सलाई पछि पार्दै सामसुङ नम्बर १ स्मार्टफोन कम्पनी बनेको हो ।

डेटा रिसर्च कम्पनी आईडीसीका अनुसार सन् २०२४ को पहिलो त्रैमासमा एप्पलको बजार हिस्सा १७.३ प्रतिशत रहेको छ । जबकी सोही अवधिमा सामसुङले विश्व स्मार्टफोन बजारको २०.८ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि यसअघि गत वर्षको डिसेम्बरमा एप्पल सामसुङलाई पछि पार्दै विश्वको नम्बर १ स्मार्टफोन बनेको थियो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सामसुङले विश्व बजारमा ‘ग्यालेक्सी एस २४’ सिरिज लन्च गरेपछि सामसुङको बिक्री बढेको हो ।

सामसुङले सन् २०२४ को पहिलो त्रैमासमा मात्रै ६ करोड भन्दा धेरै फोन विश्व बजारमा ढुवानी गरेको छ । सोही अवधिमा एप्पलले भने ५ करोड १ लाख आईफोन विश्व बजारमा पठाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: