×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्याजदर घट्दा पनि कर्जा विस्तार बढेन, ब्याजदर अझै घट्छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘ब्याजदर घट्दा पनि कर्जा विस्तार बढेन, ब्याजदर अझै घट्छ’

२३ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरुको ब्याजदर अझै घट्ने बताएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले बैंकहरुको ब्याजदर अझै घट्ने बताएका हुन् ।

पछिल्लो केही महिनायता निरन्तर ब्याजदर घट्दा पनि कर्जा लगानी नबढेको भन्दै ब्याजदर अझै घट्ने केसीले बताए ।

‘ब्याजदर घटिरहेको छ, आधार दर निकै तल झरिसकेको छ । तर, सोचे अनुसार कर्जा विस्तार भएन ।’, उनले भने, ‘विश्वव्यापारी रुपमा पनि ब्याजदर घट्दो छ, नेपालमा पनि अझै घट्छ ।’

अध्यक्ष केसीले अहिले घर कर्जा, विद्युतीय कर्जा र उत्पादनमूलक क्षेत्रको कर्जा एकल अंकमा झरिसकेको भन्दै अन्य कर्जाको ब्याजदर पनि एक अंकमा नै आउने दाबीसमेत गरेका छन् ।

त्यस्तै, उनले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने अर्थ मन्त्रालयको निर्देशनले बैंकहरुलाई समस्या हुने उल्लेख गरेका छन् । अर्थको यस्तो निर्देशनसँगै बैंकिङ प्रणालीबाट एकै दिनमा ६५ अर्ब रुपैयाँ घटेको पनि केसीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: