Skip to content
LAXMI SUNRISE BANK

अकुत सम्पति आर्जन गरेको अभियोगमा सुनिल पौडेलविरुद्ध मुद्दा दायर गर्ने अख्तियारको निर्णय, विकलको मुद्दामा म्याद थप

अर्थ सरोकार

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ती आर्जन गरेको अभियोगमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

पौडेललाई गैरकानुनी सम्पत्ती आर्जन गरेको अभियोगमा माघ १० गते पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । अनुसन्धानका क्रममा पौडेलले अकुत सम्पत्ती आर्जन गरेको आयोगले निस्कर्ष निकालेको छ ।

उनीविरुद्ध अख्तियारले दायर गर्न लागेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ ।

त्यस्तै, उनीसँगै माघ १० गते पक्राउ परेका विकल पौडेलबिरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको छ । विकलले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोप लागेको थियो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK