×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल स्टक डिलरको सिइओबाट सुरेश देवकोटा बिदा, अब बैंकिङमै फर्किने !

PRIME CA

नबिल स्टक डिलरको सिइओबाट सुरेश देवकोटा बिदा, अब बैंकिङमै फर्किने !

२७ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले राजिनामा दिएका छन् । देवकोटाले व्यक्तिगत कारण देखाउँदै नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडबाट राजिनामा दिएका हुन् ।

देवकोटाको राजिनामा कम्पनीको सञ्चालक समितिले चैत २६ गतेबाट लागु हुनेगरी स्वीकृतसमेत गरिसकेको छ । विगतमा बैंकिङमा लामो अनुभव रहेकाले पनि उनी स्टक डिलरबाट राजिनामा दिएर पुनः बैंकिङमै फर्किने तयारी रहेको बुझिएको छ ।

निजि क्षेत्रको पहिलो स्टक डिलरको रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत असोज २१ गतेबाट कम्पनीको सीईओमा नियुक्त भएका थिए । छोटो समयमा नै देवकोटाको नेतृत्वमा नबिल स्टक डिलरले उत्कृष्ट नतिजा दिईरहेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तिय विवरण अनुसार नबिल स्टक डिलरले ६.६७ करोड खुद नाफा कमाएको थियो ।

करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल स्टक डिलरको सीईओ हुनुभन्दा अघि नबिल बैक लिमिटेडको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

पहिलो पटक नेपाल बैक लिमिटेडमा काम गरेका देवकोटाले आफ्नो बैंकिङ करियर वि.सं.२०६२ सालदेखि सुरु गरेका हुन् । उनले आफ्नो लामो समय नेपाल बङ्गलादेश बैकमा बिताएका थिए । तत्कालिन नेपाल बङ्गलादेश बैक नबिल बैकमा गाभिए प्रश्चात देवकोटाले नबिल बैकको प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए । देवकोटाले नेपाल बङ्गलादेश बैकमा रहँदा प्रमुख वित्त अधिकृत, प्रमुख संचालन अधिकृत, प्रमुख जोखिम अधिकृत लगायतका कार्यकारी पदहरुमा रहि आफूलाई अब्बल साबित गरेका थिए ।

व्यवसायिक रुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत हुन् । देवकोटाले नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरुमा संचालक सदस्यको रुपमा पनि काम सकेका छन् । देवकोटाले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: