Skip to content
LAXMI SUNRISE BANK

हिमाल चढ्न हिँडेकाबाट २३ करोड बढी राजस्व संकलन

अर्थ सरोकार

काठमाडौँ । हिमाल चढ्ने आरोहीबाट २३ करोडभन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहणको अनुमतिबापत हालसम्म २३ करोड ७५ लाख सात हजार सात सय ७६ रुपैयाँ राजस्व संकलन भएको हो ।

यसपाली बसन्त ऋतुमा सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्गा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायतका हिमाल आरोहण गर्न कुल ३ सय ३४ जनाले अनुमति पाएको छ ।

जसमध्ये ७४ जना महिला र दुई सय ६० जना पुरुष रहेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार सगरमाथा चढ्न मात्रै एक सय ४९ जना आरोहीले अनुमति पाएका छन् ।

सगरमाथाबाट मात्रै २० करोड ९८ लाख २२ हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK