काठमाडौँ । नेपालमा टिकटक बन्द हुँदा टेलिकम कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ गुमाएका छन् । सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि हाल (चैत)सम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ आम्दानी गुमाएका हुन् ।
काठमाडौँमा प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै एनसेलका लिगत तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले यस्तो जानकारी दिएका छन् ।
उपाध्यायका अनुसार नेपालमा टिकटक बन्द भएपछि पछिल्लो पाँच महिनामा मात्रै एनसेलले १ अर्ब ४४ करोड रुपौयँ आम्दानी गुमाएको छ ।
यता सरकारी टेलिकम सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)ले पनि पछिल्लो ५ महिनामा एनसेलकै बराबर आम्दानी गुमाएको छ । यसअवधिमा एनटिसीले १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गुमाएको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्