×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वाेच्चकाे आदेश

PRIME CA

नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वाेच्चकाे आदेश

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ७ जना थुनामै बस्नुपर्ने भएको छ । सर्वोच्च अदालतले रायमाझीसहित ७ प्रतिवादीलाई रिहा नगर्न आदेश दिएपछि उनीहरु थुनामै बस्नुपर्ने भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा, बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मालाई थुनामै राख्न आदेश दिएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: