काठमाडौं । नेपाल सरकारले करिब साढे ३० अर्वको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३० अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो।
कार्यलयका अनुसार २० अर्व ४९ करोडको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र १० अर्वको ट्रेजरी बिल नयाँ जारी गर्न लागिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ८ गते परिपक्व हुन्छ ।
त्यसैगरी, ९१ दिनको लागि ५ अर्व ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्वको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी साउन ८ गते परिपक्व हुन्छ । त्यस्तै, १८२ दिनका लागि ६ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ६ गते परिपक्व हुन्छ ।
साथै, १ वर्षको लागि ४ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुन्छ ।
बैशाख ११ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने जनाईएको छ । बोलकबोलना सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्