×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाइवाइ चाउचाउको गुणस्तर फेल, बजारबाट फिर्ता गर्न निर्देशनसहित कम्पनीलाई २ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वाइवाइ चाउचाउको गुणस्तर फेल, बजारबाट फिर्ता गर्न निर्देशनसहित कम्पनीलाई २ लाख जरिवाना

Artha Sarokar

१३ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएको छ । काठमाडौँ महानगरको पहलमा भएको गुणस्तर परिक्षणमा वाईवाई चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि चाउचाउको गुणस्तर फेल भएको हो ।

महानगरपालिकाका अनुसार नेपाल राजपत्रको गुणस्तरभन्दा बढी मात्रामा एसिड प्रयोग भएको पाईएपछि वाईवाई उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गराइएको छ भने ब्याच नं ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० ब्याचको चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन दिईएको छ ।

चाउचाउमा प्रयोग गरिने एसिड भ्यालु अफ एक्स्ट्रयाक्टेड फ्याट एनएमटी १ एम जी हुनुपर्नेमा चाउचाउमा १३.९३४ मिलिग्राम एसिड भ्यालु भेटिएपछि चाउचाउको गुणस्तर फेल भएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी