काठमाडौँ । नेपाली चाउचाउ ‘वाइवाई’ उत्पादक कम्पनी भारतीय सेयर बजारमा सूचीकृत हुने भएको छ । नेपालका एक्ला डलर अर्बपछि बिनोद चौधरीको सिजी ग्रुपको भारतीय फुड युनिट भारतीय सेयर बजारमा सूचीकृत हुने भएको हो ।
भारतको गुडगावमा स्थित उक्त फुड युनिटले भारतका लागि वाइवाई चाउचाउ उत्पादन गर्दै आएको छ ।
कम्पनीले कम्पनीले सन् २०२६ सम्म आईपीओ जारी गर्ने तयारी गरेको सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले बताएका छन् । शुक्लाका अनुसार आईपीओ जारी गर्ने तयारी सुरुवाती चरणमा रहेको छ ।