×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि, विदेशमन्त्रीले गरे यस्तो टिप्पणी

LAXMI SUNRISE BANK
GLOBAL

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि, विदेशमन्त्रीले गरे यस्तो टिप्पणी

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा लिपुलेक र कालापानीको भूभागसहितको नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै त्यसले धरातलीय यथार्थ परिवर्तन नहुने भन्दै टिप्पणी गरेर असन्तुष्टि जनाएका छन् ।

‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’ प्रश्नको जवाफ दिँदै उनले भनेका छन् ।

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको ठाउँमा लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय रभारतको प्रतिक्रियाले राजनीतिक मोड लिनसक्ने जानकारहरुको ठम्याई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी