काठमाडौँ । सहकारीका लाखौँ बचतकर्ताको अर्बौँ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ ।
उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीविरुद्ध नेविसङ्घले काठमाडौंमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएको हो ।
प्रदर्शनका क्रममा नेविसङ्घका विद्यार्थीहरूले ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘गज्जब छ बा, नीतिगत भ्रष्टाचारी र सहकारी ठग !’ लगायतका नारा लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
सहकारी ठगी प्रकरणमा मन्त्री लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ । संसद् अवरोध जारी रहँदा सडकमा पनि प्रदर्शन भइरहेको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः