×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्यानले आर्थिक विधेयक २०८१को प्रभावबारे विशेष बहस गर्दै, ‘फर्जी मत’को विवाद भने अझै टुंगिएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्यानले आर्थिक विधेयक २०८१को प्रभावबारे विशेष बहस गर्दै, ‘फर्जी मत’को विवाद भने अझै टुंगिएन

१८ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को नवनिर्वाचित कार्य समितिले आर्थिक विधेयक २०८१ को प्रभाव बारे विशेष बहस गर्ने भएको छ । जेठ २१ गते होटल हिमालयमा आयोजना हुन लागेको सो कार्यक्रममा आर्थिक विधेयकले विभिन्न क्षेत्रमा पार्ने प्रभावका बारेमा विशेष बहस हुनेछ । 

दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म आयोजना हुन लागेको सो कार्यक्रममा सिए सुदर्शन राज पाण्डे, सिए प्रविन राज काफ्ले, सिए. निकिता अग्रवाल, सिए शेषमणि दाहाल र अधिवक्ता महेश कुमार थापा सम्मिलित प्यानल डिसकसन हुनेछ । कार्यक्रममा सहभागी हुन संघका सदस्यले ३५०० र कर्पोरेट सहभागीहरुले ४५०० शुल्क तिर्नुपर्नेछ ।

‘फर्जी मत’को विवाद भने अझै टुंगिएन 
संघको निर्वाचनमा फर्जी मतको विषय उठेको थियो । झन्डै ८० वटा मत फर्जी भएको दाबी संघका सदस्यहरुले गरेपछि उम्मेदवार र सदस्यहरुले सपथ ग्रहण कार्यक्रम नै रोकेर यस विषयमा छानविन गर्न माग गरेका थिए । तर तत्कालीन अध्यक्ष दीपक पाण्डे र वर्तमान अध्यक्ष अरुण राउतले छानविन समिति बनाउने प्रतिबद्धता जनाएर सपथ कार्यक्रम आयोजना भएको थियो । यसैबीच उम्मेदवार रमेश दत्त पाण्डेले उपस्थिति पुस्तिका माग गरी निवेदनसमेत दिएका थिए ।

तर उपस्थिति पुस्तिका दिने काम सूचनाको हक अन्तर्गत नपर्ने भन्दै संघले सो सूचना दिन इन्कार गर्ने विषयमा संघभित्र छलफल भएको छ भने छानविन भएको हकमा फर्जी मत प्रमाणित हुने सम्भावना ठुलो रहेकोले सकेसम्म यो विषयलाई सामसुम पार्नुपर्ने मत अहिलेको कार्यसमितिमा छ ।

यस विषयमा रमेश दत्त पाण्डे अदालत जाने तयारीसमेत गरेका थिए । तर सूचनाको हक अन्तर्गत पहिला सूचना मागौं, त्यसपछि अदालत जाउँ भन्ने कानुन व्यवसायीको सल्लाह अनुसार उनले सो सूचना माग गरेका थिए ।

अदालत गएको खण्डमा अदालतले उपस्थिति पुस्तिका माग गर्न सक्छ । तर, त्यतिबेलासम्म प्रमाण नष्ट हुने सम्भावना बढेको भन्दै संघका सदस्यहरु चिन्तित बनेका छन् ।

यता, छानविन समिति नबनुन्जेल संघको कुनै पनि कार्यक्रममा सहभागी नहुने भन्दै एउटा तप्काले संघका सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने भएको छ । ‘फर्जी मत हालिएको विषयमा नजरअन्दाज गरिएको छ । यस्तो कार्यक्रममा कसरी जानु ? हाम्रो टिमले नै बहिष्कार गर्छ ।’ एक सिएले भने, ‘यो विषयमा छानविन हुनैपर्छ ।’

संघ भने छानविन गर्दा गर्दै कार्यकाल सक्ने मनस्थितिमा रहेको ती सिएको तर्क छ ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी