काठमाडौँ । सिन्धुलीमा भएको बस दुर्घटनामा घाइते भएका एकजनाको आईसियुमा उपचार भइरहेको छ । बिहीबार बैंकको कन्फरेन्स सकेर काठमाडौँ फर्किदै गर्दा बस दुर्घटना हुँदा घाइते एक जनाको धुलिखेल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको छ ।
सो बस बिहीबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ बारामा दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार २८ जना नै घाइते भएका थिए ।
घाइतेमध्ये एकजनाको अवस्था भने गम्भीर रहेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरत खनालले बताएका छन् । सिडिओ खनालका अनुसार हाल ती व्यक्तिको धुलिखेल अस्पतालको आईसियुमा उपचार भइरहेको छ ।
‘बसमा २८ जना सवार हुनुहुन्थ्यो । दुर्घटनामा पर्दा प्राय सबैलाई चोटपटक लागेको छ । तर, २७ जनाको अवस्था सामान्य छ । केही घर फर्किसक्नुभएको छ, केहीको सामान्य उपचार भइरहेको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सिडिओ खनालले भने, ‘तर, एकजनाको अवस्था भने अलि गम्भीर छ । उहाँको अहिले आईसियुमा उपचार भइरहेको छ ।’
महोत्तरीको बर्दीबासबाट बीपी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१०-०१-१७३२ नम्बरको पर्यटक बस दुर्घटना भएको हो । बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्