×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईं निकट युवाद्वारा दुई बैंकमा तोडफोड, चार जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुर्गा प्रसाईं निकट युवाद्वारा दुई बैंकमा तोडफोड, चार जना पक्राउ

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ । ऋणिलाई टर्चर दिएको भन्दै केही व्यक्तिहरुले बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड-३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिएका छन् । पक्राउ पर्ने अन्य दुईजनाको नाम भने सार्वजनिक भएको छैन ।

उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईं निकटका मानिसहरु रहेको पाईएको छ ।  प्रसाईं नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।

गत वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरीले आत्महत्या गरेको भन्दै प्रसाईंका कार्यकर्ता बिरोधमा उत्रिएका थिए । लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले ज्योति बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ ।

ज्योति बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: