काठमाडौँ । ऋणीलाई मर्न बाध्य बनाएको भन्दै एभरेष्ट र ज्योति बिकास बैंकमा दुर्गा प्रसाईंका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । सोमबार निस्किएको ‘नागरिक बचाउ अभियान’ र्यालीमा सहभागीहरुले बैंकको मुख्य गेटमै तालाबन्दी गरिदिएको थियो ।
त्यसको केहि समयपछि प्रहरीको सहयोगमा सो ताला खुलेको छ । यद्यपी सो ताला विना अनुमति खोलिए जे पनि हुन सक्ने भन्दै अभियानका कार्यकर्ताले धम्की दिएकाले कर्मचारीहरु भने त्रासमा रहेको पाइएको छ ।
धनुषा प्रहरीले बैंकमा सुरक्षा दिने बताए पनि प्रसाईंका समर्थक ग्राहक बनेर बैंकमा आई हुल हुज्जत गर्ने सम्भावना रहेको भन्दै कर्मचारीहरु त्राहिमाम छन् ।
यसअघि प्रसाईंका कार्यकर्ताले बैंकमा तोडफोडसमेत गरेका थिए ।