Skip to content
LAXMI SUNRISE BANK

बैंकहरुमा निक्षेप २६ अर्ब बढ्यो, कर्जा लगानी १५ अर्बले घट्यो

अर्थ सरोकार

काठमाडौँ । बैंकहरुको निक्षेप २६ अर्बले बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको बैशाखामा बैंकहरुको कुल निक्षेप २६ अर्ब १९ करोड रुपैयाँले बढेको हो ।

संघको तथ्यांकअनुसार चैत मसान्तसम्म कुल ५४ खर्ब ४१ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकहरुको निक्षेप बैशाख मसान्तससम्म ५४ खर्ब ६८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा लगानी भने १५ अर्ब १९ करोडले घटेको छ । चैत मसान्तसम्म बैंकहरुले ४५ खर्ब ३६ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

तर, बैशाख मसान्तसम्म आइपुग्दा उक्त लगानी घटेर ४५ खर्ब २१ अर्ब ६४ करोडमा झरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK