×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ’ -अर्थमन्त्री

PRIME CA
GLOBAL IME BANK

‘आगामी बजेटले अर्थतन्त्र चलायमान हुन्छ’ -अर्थमन्त्री

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटले अर्थतन्त्र चलायमान बनाउने र आम नागरिकको आशा जगाउने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको प्रि-बजेट छलफलमा उनले देशको अवस्था गतवर्ष भन्दा राम्रो रहेको भन्दै बजेटमार्फत अर्थतन्त्र सुधारको वातावरण बनाउने बताए ।

उनले भने, ‘देशलाई उचित हुने, नीजि क्षेत्रलगायतलाई राम्रो हुनेगरी काम गर्छौं । यो भन्दा अरु विकल्प थिएन भन्ने खालको बजेट निर्माण गर्न खोजिरहेका छौं । देशको आर्थिक अवस्था चलाएमान बनाउनका लागि केही स्थानमा बोल्ड निर्णय पनि लिुनपर्ने छ । हामीले समग्र बजेटमा अर्थतन्त्र चलायमान बनाउने आशा जगाउन सकिन्छ भन्ने विश्वास छ । त्यो वातावरण बनाउने प्रयासमा छौं ।’

उनले जति समय मन्त्रालयमा बसेपनि देश, नीजि क्षेत्र र जनताको हितमा काम गर्ने आफ्नो प्रतिबद्धता रहेको पनि बताए । उनले वित्तीय र मौद्रिक नीतिमा तालमेल मिलाउनुपर्ने सुझावमा आफू सहमत रहेको भन्दै यसपाली नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने विश्वास व्यक्त गरे ।

त्यस्तै, आर्थिक र प्रशासनिक विषयहरुका कारण नीजि क्षेत्रको मनोबल कमजोर भएको सन्दर्भमा अर्थमन्त्री पुनले सबै मनोबल उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘सम्पत्ति, परिवार र व्यवसायको सुरक्षा हुन्छ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु । मनोबल कायम गर्ने कोशिसमा छौं । सरकारको तर्फबाट कमी भएको स्थानलाई सहज बनाउछौं,’ उनले भने ।

सरकारले कुनै पनि निर्णय एक्लै नगर्ने उल्लेख गर्दै मन्त्री पुनले नीजि क्षेत्रको सहभागिता बीना कुनै पनि कानुनहरु बन्न नसक्ने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: