काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको बैंक खातामा ३३ लाख रुपैयाँ रहेको देखिएको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री पुनको बैंक खातामा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ नगद मौज्दात रहेको देखिएको हो ।
पुनले आफ्नो नाममा एनएमबि बैंकको खातामा रहेको उक्त रकमको स्रोत तलब र भत्ता रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, सम्पत्ति विवरणमा उनको रोल्पा नगरपालिका-७ मा ८२० वर्ग मिटरमा घर रहेको पनि उल्लेख छ । उक्त घर पैतृक सम्पत्तिबाट प्राप्त गरेको बताइएको छ ।
हाल अर्थमन्त्री पुनले बा ००१ अ ०००९ नम्बरको गाडी चढ्छन् । उक्त गाडी पार्टीको भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । साथै पुनको सम्पत्ति विवरणमा ऋण लिएको भन्ने उल्लेख भए पनि कति लिएको भन्ने उल्लेख गरिएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्