×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटले सकारात्मक प्रतिक्रिया पाउँदा अर्थमन्त्री नै ‘सरप्राइज्ड’ !

LAXMI SUNRISE BANK
GLOBAL

बजेटले सकारात्मक प्रतिक्रिया पाउँदा अर्थमन्त्री नै ‘सरप्राइज्ड’ !

१७ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटले सकारात्मक प्रतिक्रिया पाउँदा आफू सरप्राइज्ड भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेटमा सबैको फरक फरक धारणा आउनु स्वभाविक भएतापनि अधिकांशले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएको उनले बताए ।  ‘बजेटमा अलिअलि आलोचना त आउनुपर्छ भन्ने लागेको थियो । केही ठाउँबाट आलोचना पनि आयो । त्यसमा पनि म खुशी नै छु,’ उनले भने, ‘तर, अधिकांशले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएका छन् । त्यसबाट म आफै सरप्राइज्ड भएको छु । म आफैलाई पनि तथ्यमा आधारित भएर नै बजेट आएको जस्तो लाग्छ ।’

तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारले यसको स्वीकार गरेको उनको भनाइ छ । बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि उनले बताए ।

यस्तै, उनले संसद्को अवरोध हटाएर बजेट प्रस्तुत गर्न सक्नु सकारात्मक पक्ष भएको बताएका छन् । ‘पछिल्लो घटनाक्रमले गर्दा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको भन्दै प्रश्न उठ्ने गरेको थियो । तर, हामी बजेट जस्तो महत्वपूर्ण दस्तावेज अध्यादेशबाट भन्दा संसदबाट ल्याउने जोडमा थियौं । त्यसमा पनि हामी सफल पनि भयौँ,’ उनले भने, ‘राजनीतिक समझदारी बनाएर संसद् मै बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठुलो मिहिनेत गर्नुभयो । जसले गर्दा संसद्को अवरोध हटाउन सकियो ।’

करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको मन्त्री पुनले बताए । नीतिगत अस्थिरता कम गर्न अहिले कम भन्दा कम क्षेत्र चलाइएको उनले बताए । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भूमिका खेल्ने उनको भनाइ छ । तसर्थ, बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको अर्थमन्त्री पुनले बताए ।

यस्तै, बजेटले सम्बोधन नगरेको विषयलाई आगामी दिनमा अन्य माध्यमबाट सम्बोधन गर्दै जाने पनि उनले बताएका छन् । सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उनको भनाइ छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी