काठमाडौँ । नेपालमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३७ लाख नाघेको छ । संसदमा पेश भएको आर्थिक सर्वेक्षण २०८०/८१ मा देशभर सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३७ लाख ६ हजार ३ सय २७ पुगेको हो ।
सर्वेक्षणमा उल्लेख गरिएको उक्त संख्या चाल आर्थिक वर्षको फागुन मसान्तसम्मको हो ।
यसरी सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता, एकल महिला लगायतका व्यक्तिहरुलाई दिइँदै आएको छ ।
यसअवधिमा सरकारले कुल ५६ अर्ब ४४ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरणमा खर्च गरेको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभाको बैठकमा पेश गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्