काठमाडौँ । पूर्वगृहमन्त्री भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पक्राउ गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो भनाई राख्दै रावलले गगन थापालाई पक्राउ गर्न माग गरेका हुन् ।
उनले संसद्मा गृहमन्त्री रवि लामिछानेले गगन थापाले राज्यको सूचना बेचेको आरोप लगाएको भन्दै थापालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
उनले राज्यको सूचना बेच्नु देशद्रोह भएको र देशद्रोहीलाई छुट दिन नहुने भन्दै सांसद थापालाई तत्काल पक्राउ गर्न माग गरेका छन् । ‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् ।’, उनले लेखेका छन्, ‘गगन थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस् ।’
त्यस्तै, रावलले गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि नबढाएको खण्डमा गृहमन्त्री रवि लामिछाने पनि देशद्रोहीका मतियार ठहरिने बताएका छन् ।
त्यस्तो भए गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्ने पनि रावलले बताएका छन् । साथै रावलले गृहमन्त्री लामिछानेले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारेसमेत संसद्मा प्रस्तुत गरेकाले ती सबै मुद्दामाथि अनुसन्धान गर्न र गलत साबित भए रवि लामिछानेलाई कानूनी कारबाही गर्न पनि माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्